काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलगायत सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गराउन निर्देशन दिएको हो ।
विद्यालयका व्यावसायिक प्रयोजनका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले यहाँका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने गरेको पाइएको बताए ।
उनले महानगरभित्र ३७ विद्यालयले सटर भाडामा दिएको जानकारी गराए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र उनीहरूलाई कक्षाकोठा साँघुरो भएको उनले उल्लेख गरे । विद्यालयको स्थान विद्यार्थीका निम्ति नै प्रयोजन गर्ने हेतुले महानगरपालिकाले यो नीति लिएको उनले बताए ।
“३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ । सात दिनको म्याद दिएका छौँ, सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ,” उनले भने, “विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।”
न्युज एजेन्सी नेपाल
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...