भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

सामुदायिक विद्यालयका भाडाका सटरहरू सात दिनभित्र खाली गराउन काठमाडौं महानगरको निर्देशन

सामुदायिक विद्यालयका भाडाका सटरहरू सात दिनभित्र खाली गराउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार महानगरपालिकाले बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयलगायत सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खाली गराउन निर्देशन दिएको हो ।

विद्यालयका व्यावसायिक प्रयोजनका सटरहरू सात दिनभित्र खाली नगराए कारबाही प्रक्रिया अघि बढाइने महानगरले जनाएको छ । महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले यहाँका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने गरेको पाइएको बताए ।

उनले महानगरभित्र ३७ विद्यालयले सटर भाडामा दिएको जानकारी गराए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र उनीहरूलाई कक्षाकोठा साँघुरो भएको उनले उल्लेख गरे । विद्यालयको स्थान विद्यार्थीका निम्ति नै प्रयोजन गर्ने हेतुले महानगरपालिकाले यो नीति लिएको उनले बताए ।

“३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ । सात दिनको म्याद दिएका छौँ, सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ,” उनले भने, “विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।”
न्युज एजेन्सी नेपाल

 


Thali Mobile Pvt.Ltd.