भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादीका पाँच सांसदद्धारा मन्त्री नियुक्ति रोक्न माग

माओवादीका पाँच सांसदद्धारा मन्त्री नियुक्ति रोक्न माग

काठमाडौं । सुदूरपश्चिमका नेकपा माओवादी केन्द्रका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् । खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् । तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.