भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

विपदजन्य जोखिम व्यवस्थापनका लागि काठमाडौं महानगरको २४ घण्टे हटलाइन सेवा

विपदजन्य जोखिम व्यवस्थापनका लागि काठमाडौं महानगरको २४ घण्टे हटलाइन सेवा

काठमाडौं । विपदजन्य जोखिम र महामारी व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ। विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलले सेवा प्रदान गर्नेछन्। वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन्।

स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ। यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ। समस्या परे ९८५१३५६५०९ मा फोन गरे महानगर प्रहरी बलसँग सम्पर्क गर्न सकिने छ ।

यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ। यसका लागि हटलाइन ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ। साँझ ६ बजेपछि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ। यो फोन स्वास्थ्यकर्मीले उठाउने छन्।

 


Thali Mobile Pvt.Ltd.