भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विपदजन्य जोखिम व्यवस्थापनका लागि काठमाडौं महानगरको २४ घण्टे हटलाइन सेवा

विपदजन्य जोखिम व्यवस्थापनका लागि काठमाडौं महानगरको २४ घण्टे हटलाइन सेवा

काठमाडौं । विपदजन्य जोखिम र महामारी व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा शुरु गरेको छ। विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलले सेवा प्रदान गर्नेछन्। वर्षाबाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन्।

स्वास्थ्य विभागबाट डेंगु, हैजासहितका महामारीका रूपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा सिफारिस र उपचार समन्वय प्रदान हुनेछ। यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको छ। समस्या परे ९८५१३५६५०९ मा फोन गरे महानगर प्रहरी बलसँग सम्पर्क गर्न सकिने छ ।

यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइनेछ। यसका लागि हटलाइन ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ। साँझ ६ बजेपछि ११८० मा डायल गरेर ९ थिच्नुपर्छ। यो फोन स्वास्थ्यकर्मीले उठाउने छन्।

 


Thali Mobile Pvt.Ltd.