भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तिन महिनाभित्र मसलाका रुख काटिसक्न महोत्तरीको मनराशिसवा नगरपालिकाको सूचना

तिन महिनाभित्र मसलाका रुख काटिसक्न महोत्तरीको मनराशिसवा नगरपालिकाको सूचना

काठमाडौं । महोत्तरीको मनराशिसवा नगरपालिकाले समला (सपेता)को रुख काट्न सार्वजनिक सूचना जारी गरेको छ । तिन महिनाभित्र नगर क्षेत्रका मसलाका सबै रुख काटिसक्न नगरपालिकाले मंगलबार सूचना जारी गरेको हो ।

नगरपालिकाको १२औं नगरसभाले मसलाको रुख विस्थापन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । नगरपालिकाले जारी गरेको सूचनामा सपेता मसला रुखले जमीनको उर्बराशक्ति घटाएको, धेरै पानी सोस्दा जमीनमा बाँझोपन बढेको उल्लेख गरेको छ । तोकिएको म्यादभित्र आफैं सपेताको रुख नकाटे नगरपालिकाले नै कर्मचारी र नगरप्रहरी खटाएर काट्‍ने समेत जनाएको छ ।

मसला रुखले पानीको स्रोत सुकाएको र जमीनको उर्बराशक्ति घटाएको भन्दै पछिल्लो समय मधेशका विभिन्न पालिकाले उक्त रुख विस्थापन गर्ने अभियान नै चलाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.