भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

तिन महिनाभित्र मसलाका रुख काटिसक्न महोत्तरीको मनराशिसवा नगरपालिकाको सूचना

तिन महिनाभित्र मसलाका रुख काटिसक्न महोत्तरीको मनराशिसवा नगरपालिकाको सूचना

काठमाडौं । महोत्तरीको मनराशिसवा नगरपालिकाले समला (सपेता)को रुख काट्न सार्वजनिक सूचना जारी गरेको छ । तिन महिनाभित्र नगर क्षेत्रका मसलाका सबै रुख काटिसक्न नगरपालिकाले मंगलबार सूचना जारी गरेको हो ।

नगरपालिकाको १२औं नगरसभाले मसलाको रुख विस्थापन गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ । नगरपालिकाले जारी गरेको सूचनामा सपेता मसला रुखले जमीनको उर्बराशक्ति घटाएको, धेरै पानी सोस्दा जमीनमा बाँझोपन बढेको उल्लेख गरेको छ । तोकिएको म्यादभित्र आफैं सपेताको रुख नकाटे नगरपालिकाले नै कर्मचारी र नगरप्रहरी खटाएर काट्‍ने समेत जनाएको छ ।

मसला रुखले पानीको स्रोत सुकाएको र जमीनको उर्बराशक्ति घटाएको भन्दै पछिल्लो समय मधेशका विभिन्न पालिकाले उक्त रुख विस्थापन गर्ने अभियान नै चलाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.