भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

लघुवित्त संस्थाले अब स्थिर ब्याजदर पनि सार्वजनिक गर्नुपर्ने

लघुवित्त संस्थाले अब स्थिर ब्याजदर पनि सार्वजनिक गर्नुपर्ने

काठमाडौँ,  २७ असार । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरूलाई स्थिर ब्याजदर (Fixed Interest Rate) पनि प्रकाशित गर्न अनिवार्य गरेको छ।

नयाँ व्यवस्थाअनुसार, अब ग्राहकहरूले कर्जा लिँदा स्थिर वा परिवर्तनीय ब्याजदरमध्ये छनोट गर्न सक्नेछन्। राष्ट्र बैंकले साउन १ गतेदेखि लागू हुने व्यवस्था अनुसार ब्याजदर निर्धारण गर्दा लघुवित्तहरूले आफ्ना कर्जामा ‘आधार दर’ (Base Rate) मा अधिकतम ३ प्रतिशत प्रिमियम मात्र थप्न पाउनेछन्।

साथै, वाणिज्य बैंकहरूको औसत आधार दरभन्दा लघुवित्तले लिने ब्याजदर ९ प्रतिशत विन्दुभन्दा बढी हुन नपाउने उल्लेख छ।

परिवर्तनीय ब्याजदरमा प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन भने स्थिर ब्याजदरमा एकपटक तय भएपछिको दर यथावत् रहनुपर्नेछ। यी ब्याजदरका विवरणहरू राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ।

नयाँ व्यवस्था लागू भएसँगै ब्याजदर पारदर्शी, समान र पूर्वसूचित बनाउने दिशातर्फ लघुवित्त संस्थाहरू अघि बढ्ने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.