भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ललितपुरमा जिल्ला जनस्वास्थ्य समन्वय समिति बैठक सम्पन्न, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको मार्गनिर्देशन

ललितपुरमा जिल्ला जनस्वास्थ्य समन्वय समिति बैठक सम्पन्न, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको मार्गनिर्देशन

ललितपुर, ९ भदौ । ललितपुरमा जिल्ला जनस्वास्थ्य समन्वय समितिको बैठक सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले हालसम्मको स्वास्थ्य सेवा प्रवाह, सामुदायिक स्वास्थ्य व्यवस्थापन र आगामी चुनौतीबारे मार्गनिर्देशन दिँदै जनस्वास्थ्यलाई अझ सुदृढ बनाउन साझा प्रतिबद्धताको आवश्यकता औंल्याइन्।

उनले प्राथमिक स्वास्थ्य सेवा विस्तार, मातृ-शिशु स्वास्थ्य सुरक्षा, सरसफाइ र रोग निवारणका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीबीचको सहकार्यलाई अझ मजबुत बनाउन आग्रह गरिन्।

बैठकमा जिल्लाका विभिन्न स्वास्थ्य शाखा प्रमुख, अस्पताल तथा स्वास्थ्य संस्था प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना क्षेत्रका स्वास्थ्य सेवा सम्बन्धी अनुभव, समस्या र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।

जनस्वास्थ्य ललितपुर परिवारले सचिव डा. गौतमलाई बैठकका क्रममा महत्वपूर्ण समय, विचार र मार्गनिर्देशनका लागि विशेष धन्यवाद तथा कृतज्ञता प्रकट समेत गरेको छ।

 


Thali Mobile Pvt.Ltd.