भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

शैक्षिक गतिविधिका लागि विदेशिनेले खर्चे खर्बौं रुपैयाँ

शैक्षिक गतिविधिका लागि विदेशिनेले खर्चे खर्बौं रुपैयाँ

काठमाडौँ, भदौ ९ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था संचालनमा रहेका भए पनि ठूलो रकम विदेशिने क्रम जारी छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ। अघिल्लो वर्ष शिक्षाका लागि विदेशिएको रकम १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो।

केन्द्रीय बैंकले जनाएको छ कि सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो व्यय १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ थियो।

त्यसैगरी, आव २०८१÷८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँ घाटामा रहेको छ, अघिल्लो वर्ष यो ५५ अर्ब ८६ करोड रुपैयाँ घाटामा थियो। समिक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण आयत ७.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।

 


Thali Mobile Pvt.Ltd.