भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

रास्वपाका सभापति लामिछाने र बालेन शाहबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

रास्वपाका सभापति लामिछाने र बालेन शाहबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौँ, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

काठमाडौँको कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा उनीहरूबीच छलफल भएको हो। गएराति अबेरसम्म करिब ६ घण्टा चलेको छलफल चुनावी तालमेलसहित सहकार्यका विषयमा केन्द्रित रहेको बताइएको छ।

आउँदो निर्वाचनअघि वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित लामिछाने र शाहबीच छलफल अघि बढेको जनाइएको छ। छलफलपछि दुवै नेता एउटै गाडीमा बिदा भएको भन्दै असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अन्ततः कथाको सुखद सुरुवात भएको’ उल्लेख गर्नुभएको छ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने अदालतको आदेशपछि रिहा भएलगत्तै राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाउँदै आएका छन्। पछिल्लो समय दुई नेताबीच भएको छलफलको विस्तृत प्रगतिबारे छिट्टै सार्वजनिक गरिने रास्वपाका नेताहरूले बताएका छन्।

यसअघि रास्वपा सभापति लामिछानेले आइतवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको थियो। साथै उहाँले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि भेटेर छलफल गर्ने तयारी गर्नुभएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.