भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने

सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने

काठमाण्डौ, ८ पुष । सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ ९एचपीभी० खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार एचपीभी खोप कार्यक्रमका लागि तयारी भइरहेको र खोप दिने समयमा चुनाव तथा चाडपर्वलगायतबाट कार्यक्रम प्रभावित हुन सक्नेतर्फ ध्यानमा राखेर काम गरिने बताउनुभयो ।

माघको अन्तिमदेखि शुरु गरेर फागुनको पहिलो हप्ता अभियान सम्पन्न गर्ने योजनासहित तयारी भइरहेको र यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने डा। गौतमले बताउनुभयो । कक्षा–६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।

गएको वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत झन्डै १७ लाख किशोरीलाई खोप दिएको थियो । गएको वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइनेछ । खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसबाट प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेको डा। गौतमले बताउनुभयो ।

लक्षित सबैजसोलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उहाँको भनाइ छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको अनुमान छ ।

महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले अहिले १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.