भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह | बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य |

तीन वर्ष बित्दा पनि ५ सय पालिकाले गरेनन् जग्गा वर्गीकरण, कित्ताकाट रोकिने जोखिम

तीन वर्ष बित्दा पनि ५ सय पालिकाले गरेनन् जग्गा वर्गीकरण, कित्ताकाट रोकिने जोखिम

काठमाडौँ, २८ जेठ । तीन वर्षअघि नै लागू भएको भू–उपयोग नियमावलीअनुसार जग्गा वर्गीकरण गर्नुपर्ने जिम्मेवारी पाएका पालिकामध्ये अझै ५ सयले कार्यान्वयन गरेका छैनन्। यसले देशभर कित्ताकाट प्रक्रिया प्रभावित हुनसक्ने खतरा बढाएको छ।

२०७९ सालको जेठमा सरकारद्वारा जारी भू–उपयोग नियमावली अनुसार, सबै पालिकाले ६ महिनाभित्र आफ्ना भूभागको वर्गीकरण गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको थियो। तर, अहिलेसम्म जम्मा २५३ वटा पालिकामात्रै वर्गीकरण सम्पन्न गर्न सकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएकाे छ ।

नियमावलीको समयसीमा कटेपछि सरकारबाट २ पटकसम्म समय थपेर अवसर दिइएको थियो। तर, अझै ५०० पालिकाले वर्गीकरण नगरेका कारण, अब असारपछि कित्ताकाट रोकिन सक्ने अवस्था आएको मन्त्रालयले जनाएको छ।

गत वर्ष पनि यस्तै कारणले एक महिनाभन्दा बढी समय कित्ताकाट रोकिएको थियो। वर्गीकरण नगर्ने पालिकामा काठमाडौँ, ललितपुरजस्ता महानगरहरू समेत परेका छन्। सरकारले जारी गरेको नियमावलीअनुसार नेपालको भू–भागलाई १० प्रकारका समूहमा वर्गीकरण गरिएको छ, जस्तै– कृषि, आवासीय, व्यावसायिक, वन, खोलानाला क्षेत्र आदि। साथै, वर्गीकरणअनुसार कित्ता छुट्ट्याउने न्यूनतम क्षेत्रफलको मापदण्ड पनि तोकिएको छ।

वर्गीकरण नहुँदा सहरी विकास, पूर्वाधार योजना, वातावरणीय सन्तुलनजस्ता पक्षमा प्रतिकूल असर पर्ने विज्ञहरू बताउँछन्। भू–उपयोग नीति कार्यान्वयन गर्न नसक्दा समुचित योजना र लगानीमै असर पर्ने अवस्था देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.