भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

देशभर गर्मी घट्न थालेपछि राहत, मनसुन फैलिन अझै हप्ता लाग्ने

देशभर गर्मी घट्न थालेपछि राहत, मनसुन फैलिन अझै हप्ता लाग्ने

काठमाडौँ, २८  जेठ । केही सातादेखिको लगातार चर्को गर्मीपछि आजदेखि देशभर गर्मीबाट राहत मिल्न सुरु भएको मौसमविद्ले जनाएका छन्। बदली र छिटपुट वर्षासँगै तापक्रम घट्दै गएको छ। तर देशभर मनसुन फैलिन भने अझै कम्तीमा पाँचदेखि सात दिन लाग्ने प्रक्षेपण गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेष गरी पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका  छन् । 

पछिल्लो केही दिनदेखि तराईका अधिकांश भूभागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो, जसले जनजीवन कष्टकर बनाएको थियो ।विद्यालयहरूमा बालबालिकाको स्वास्थ्यमा असर परेको र अस्पतालहरूमा गर्मीसँग सम्बन्धित केसहरू बढेको रिपोर्टहरू आएका थिए। अब भने बदली र वर्षाको कारण तापक्रम केही घट्ने आशा गरिएको छ।

हाल कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन प्रवेश गरिसकेको छ, तर यो अझै सक्रिय बनेको छैन। बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले बुधबार  बेलुकादेखि कोशीमा मनसुन सक्रिय हुने सम्भावना छ र त्यो बिस्तारै पश्चिमतिर सर्नेछ।

महाशाखाले आइतवारदेखि पहाडी क्षेत्रमा रोपाइँका लागि उपयुक्त वर्षा हुने सम्भावना रहेको जनाएको छ। यसले धान रोपाइँमा जुटेका किसानहरूलाई राहत दिनेछ।मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा छिटपुट मेघगर्जन र वर्षाको पनि सम्भावना छ।

 


Thali Mobile Pvt.Ltd.