भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

बारामा ठूला परिमाणमा लागुऔषध बरामद, ३६७ किलो गाँजासहित ५ जना पक्राउ

बारामा ठूला परिमाणमा लागुऔषध बरामद, ३६७ किलो गाँजासहित ५ जना पक्राउ

काठमाडौँ । बाराका विभिन्न स्थानमा सञ्चालन गरिएको प्रहरीको विशेष अपरेशनमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। ३ वटा छुट्टाछुट्टै कारबाहीमा ३६७ किलो गाँजा बरामद हुनुका साथै लागुऔषध कारोबारमा संलग्न ५ जना पक्राउ परेका छन्।

मिनी ट्रकमा ३०५ किलो गाँजा

पहिलो कारबाहीमा, इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गएराति करिब ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक जाँच गर्दा ३०५ किलो गाँजा फेला पारेको हो। पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, सवारीमा सवार ईश्वर लोप्चन, र ओसारपसारमा संलग्न जीवन ठोकर रहेका छन्।

घरमै लुकाइराखिएको गाँजा बरामद

दोस्रो कारबाहीमा, इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले प्रसौनी गाउँपालिका–४ खुटवामा पवन कुमार साहको घरमा लुकाइराखिएको २ किलो १४० ग्राम गाँजा फेला पारी साहलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, साहले गाँजा खुद्रा रूपमा बिक्री वितरण गर्दै आएका थिए।

सीमावर्ती क्षेत्रमा तस्करी प्रयास विफल

तेस्रो घटनामा, सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका–१, मुसहरी टोलस्थित मकैबारी हुँदै भारततर्फ तस्करी गर्न लागिएको ६० किलो गाँजा बरामद गरेको छ। यस क्रममा राजबिहारी कुमार नामका व्यक्तिलाई पक्राउ गरिएको हो।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी अझ कडा बनाइने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.