भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्देशन नमाने कानुनी कारबाही अघि बढाउने

निर्देशन नमाने कानुनी कारबाही अघि बढाउने

कैलाली । कैलालीमा विदेशी नागरिकहरूबिना अनुमति अस्वाभाविक गतिविधिमा सक्रिय रहेको पाइएको छ। यहाँको एक जंगलमा एकसय भन्दा बढी विदेशी नागरिकहरुले अस्वभाविक रुपमा गतिविधि गरेको पाइएको हो ।

सुरक्षा निकायसहितको टोलीले स्थलगत निरीक्षण गरी उनीहरुलाई जंगल क्षेत्र छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए। निर्देशन नमाने कानुनी कारबाही अघि बढाउने उनको भनाइ छ। यो समूह केही समयअघि अछामको रामारोशन क्षेत्रमा समेत पुगेको बुझिएको छ।

घोडाघोडी नगरपालिका–९ स्थित सिमली जंगलमा करिब एक हप्तादेखि भारत, चीन, अमेरिकालगायत १५ देशका १५० बढी नागरिकहरु रेन्बो फेमली ग्यादरिङ नाम दिएर सामूहिक रुपमा बसिरहेका छन्।

आफूहरुलाई प्रकृतिप्रेमी बताउने उनीहरुले वन क्षेत्रमा बसेर अर्धनग्न हुने, अस्वाभाविक गतिविधि देखाउनेजस्ता गुनासो स्थानीयले गरेका छन्। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि उनीहरुलाई २४ घण्टाभित्र सो क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको छ।

 


Thali Mobile Pvt.Ltd.