भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

देशकै खेलकुद क्षेत्रलाई अगाडि बढाउन भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छः मेयर प्रजापति

देशकै खेलकुद क्षेत्रलाई अगाडि बढाउन भक्तपुर नपाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छः मेयर प्रजापति

भक्तपुर। भक्तपुर नपाले भक्तपुरको मात्र नभई देशकै खेलकुदलाई क्षेत्रलाई अगाडि बढाउन खेलकुदलाई प्राथमिकतामा राख्दै आएको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २६ गते सम्पन्न हुने अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता मूल समितिको बैठकमा शुक्रबार उहाँले उक्त कुरा बताउँनु भएको हो ।

भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर जिम्नाष्टिक खेलकुद प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न खेलकुद समिति, खेलाडी, निर्णायकलगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबैको सामूहिक निर्णयमा यस वर्ष भक्तपुर नपाले जिम्नाष्टिक प्रतियोगिता गर्न लागेको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधारको विकास पनि खेलकुद विकासको महत्वपूर्ण आधार भएको बताउँदै प्रमुख प्रजापतिले केही प्राविधिक कारणले भक्तपुर नपाले चाहेर पनि कभर्ड हल र खेलमैदानहरु निर्माण गर्न नसकेको बताउनुभयो । नेपाल जिम्नाष्टिक संघका अध्यक्ष एवम् सांसद धु्रवबहादुर प्रधानले भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरिरहेको गतिविधिहरुबाट अन्य स्थानीय तहहरुलाई पनि प्रेरणा मिलेको बताउँदै जिम्नाष्टिक खेल सबै खेलहरुको प्रारम्भिक खेलको रुपमा रहेको र यो खेल सिकेपछि अन्य खेल खेल्न पनि सहज हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खेलकुद मानव जीवनको अभिन्न अंग भएको बताउँदै विद्यालय तहदेखि खेलकुदमा विद्यार्थीहरुलाई सहभागी गराउन सके विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं। १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न १५१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा उपसमितिहरु गठन गरिएको जानकारी गराउँदै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशिक्षक राजेश्वरमान स्थापित र भक्तपुर जिल्ला जिम्नाष्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले पनि बोल्नुभयो । कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.