भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

शीतलहर तुषारोको कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित

शीतलहर तुषारोको कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित

काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ ।

शनिबार कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा भने मुख्यतया मौसम सफा रहने छ । मधेस प्रदेशको सप्तरी तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लाग्दा दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने बताइएको छ ।

ज्येष्ठ नागरिक, बालबालिका र महिला बढी शीतलहर र तुषारोबाट पीडित बनेका छन् । कोशी प्रदेशका तराईका जिल्ला मधेश प्रदेशका अधिंकाश जिल्लामा शीतलहर चलेको छ । पहाडी र हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.