काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ ।
शनिबार कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा भने मुख्यतया मौसम सफा रहने छ । मधेस प्रदेशको सप्तरी तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लाग्दा दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने बताइएको छ ।
ज्येष्ठ नागरिक, बालबालिका र महिला बढी शीतलहर र तुषारोबाट पीडित बनेका छन् । कोशी प्रदेशका तराईका जिल्ला मधेश प्रदेशका अधिंकाश जिल्लामा शीतलहर चलेको छ । पहाडी र हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । लेबनामा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको छ । लेबनानी अधिकारीहरूले लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जनालाई पक्राउ गरेको जनाएको हो । संयुक्त राष्ट्र र...
खोटाङ । खोटाङमा भीषण आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ। हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भएको आगलागीबाट होटल तथा कार्यालय...
काठमाडौँ । सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाली बजारमा आइतबार सुनको मुल्यमा उच्च गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि...
काठमाण्डौ । प्राविधिक ज्ञानको कमीका कारण दुर्घटना भएको छ । पोखरामा भएको बेलुन दुर्घटनामा लापरवाहीसँगै प्राविधिक ज्ञानको कमीका कारण भएको विज्ञहरुले बताएका हुन । पोखरा भ्रमण वर्षको शुभारम्म कार्यक्रममा...