तनहुँमा निर्माणाधीन सडकको काम सुस्त भएपछि गति बढाउन निर्देशन

तनहुँमा निर्माणाधीन सडकको काम सुस्त भएपछि गति बढाउन निर्देशन image

तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।

विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशरमार्ग स्तरोन्नतिको काम भइरहेकामा अहिलेसम्मको भौतिक प्रगति ९ दशमलव १३ र वित्तीय प्रगति ७ दशमलव ४६ प्रतिशत रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती सडक जोडिने खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । यो सडक स्तरोन्नतिका लागि गएको वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । निर्माणका लागि २०८२ असारसम्म म्याद रहेको छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda