भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा, किसानमा छायो खुशी

पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा, किसानमा छायो खुशी

काठमाण्डौ । देशका विभिन्न स्थानमा हल्का पानी परेको छ । पहाडी क्षेत्रका केही ठाउँमा पश्चिमी वायुको प्रभावले मंगलबार केही ठाउँमा हल्का पानी परेको मौसम विभागले जनाएको छ । पहाडी भेगका केही ठाउँमा बुधबार पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् विभागले जनाएको छ । दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा मंगलबार हिमपात भएको छ । कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात भएको हो ।

समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् । हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

 


Thali Mobile Pvt.Ltd.