भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा, किसानमा छायो खुशी

पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा, किसानमा छायो खुशी

काठमाण्डौ । देशका विभिन्न स्थानमा हल्का पानी परेको छ । पहाडी क्षेत्रका केही ठाउँमा पश्चिमी वायुको प्रभावले मंगलबार केही ठाउँमा हल्का पानी परेको मौसम विभागले जनाएको छ । पहाडी भेगका केही ठाउँमा बुधबार पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् विभागले जनाएको छ । दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा मंगलबार हिमपात भएको छ । कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात भएको हो ।

समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् । हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

 


Thali Mobile Pvt.Ltd.