भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रामेछापको लिखु नदीमा जलिरहेको लास बगाएपछि स्थानीय आक्रोषित

रामेछापको लिखु नदीमा जलिरहेको लास बगाएपछि स्थानीय आक्रोषित

काठमाण्डौ । रामेछापको लिखु नदीमा जलिरहेको लास बगाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा जलिरहेको लास बगाएको हो ।

बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास जलाइरहेको बेला पनि बाँध खोलिदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव शनिबार जलाइरहेका बेला आयोजनाले एक्कासी बाँध खोलेर नदीमा पानी पठाउँदा जलिरहेको शव बगाएको स्थानीयको भनाई छ । नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई प्रहरीलाई जिम्मा लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.