भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इन्टरपोलका १ सय ९६ सदस्य राष्ट्रले जीबी राईको खाजी गर्दै

इन्टरपोलका १ सय ९६ सदस्य राष्ट्रले जीबी राईको खाजी गर्दै

काठमाण्डौ । सहकारी ठगीको मुद्दामा जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राईविरुद्ध शनिबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १ सय ९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजी गर्नेछन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । लगत्तै इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाण्डौले प्रहरी अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलमा पत्राचार गरेको थियो ।

उनी विदेशमा लुुकेर बसेको आशङ्का गरिएको छ । ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.