भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

धार्चे पहिरोमा पुरिँदा ५ जना बेपत्ता, खाेजी कार्य जारी

धार्चे पहिरोमा पुरिँदा ५ जना बेपत्ता, खाेजी कार्य जारी

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक घर पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले बताए।

उनका अनुसार दुर्गम स्थान भएकोले प्रहरी घटनास्थलतर्फ गइरहेको छ। प्रहरी टोली गोरखा लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ जाँदै छ।

प्रहरी पुग्न ४ घण्टाको पैदल हिँडेर पुग्नुपर्ने भएकोले केही समय लाग्ने उनको भनाइ छ। घटनाको थप विवरण आउन बाँकी छ।

 

 


Thali Mobile Pvt.Ltd.