भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

इजरायलको एक मैदानमा रकेट आक्रमण हुदाँ १२ जनाको मृत्यु,२९ जनाभन्दा धेरै घाइते

इजरायलको एक मैदानमा रकेट आक्रमण हुदाँ १२ जनाको मृत्यु,२९ जनाभन्दा धेरै घाइते

काठमाडौं । इजरायली कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट आक्रमण भएको हो ।

गोलान हाइट्स सिरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको  छ । लेवनानी लडाकु समूह हिजबुल्लाहले आक्रमण गरेको इजरायली सुरक्षा फौजले दाबी गरेको छ । इजरायल–गाजा युद्धपछि हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । तर गोलान हाइट्सको घटना अक्टोबर ७ मा इजरायल–गाजा युद्ध शुरु भएपछि इजरायलको उत्तरी सिमानामा सबैभन्दा धेरै ज्यान गएको घटना हो ।

यसैबीच हिजो इजरायलले गाजामा फिल्ड अस्पताल रहेको एउटा विद्यालयमा आक्रमणमा गर्दा कम्तीमा ३० जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.