भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलको एक मैदानमा रकेट आक्रमण हुदाँ १२ जनाको मृत्यु,२९ जनाभन्दा धेरै घाइते

इजरायलको एक मैदानमा रकेट आक्रमण हुदाँ १२ जनाको मृत्यु,२९ जनाभन्दा धेरै घाइते

काठमाडौं । इजरायली कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट आक्रमण भएको हो ।

गोलान हाइट्स सिरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको  छ । लेवनानी लडाकु समूह हिजबुल्लाहले आक्रमण गरेको इजरायली सुरक्षा फौजले दाबी गरेको छ । इजरायल–गाजा युद्धपछि हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । तर गोलान हाइट्सको घटना अक्टोबर ७ मा इजरायल–गाजा युद्ध शुरु भएपछि इजरायलको उत्तरी सिमानामा सबैभन्दा धेरै ज्यान गएको घटना हो ।

यसैबीच हिजो इजरायलले गाजामा फिल्ड अस्पताल रहेको एउटा विद्यालयमा आक्रमणमा गर्दा कम्तीमा ३० जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.