भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

झिर्पु हाइड्रोपावरको ढलान भासिँदा दुई मजदुर बेपत्ता

झिर्पु हाइड्रोपावरको ढलान भासिँदा दुई मजदुर बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुई जना मजदुर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो।

त्यहाँबाट ९ जना मजदुरको उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू भने बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.