भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चोरीका २१ मोटरसाइकल भेटिए

चोरीका २१ मोटरसाइकल भेटिए

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका २१ वटा मोटरसाइकल र स्कुटर फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आइतबार २१ वटा दुई पांग्रे सवारी धनीलाई हस्तान्तरण गरेको हो । जसमा १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर रहेको एसएसपी विश्वराज खड्काले बताए ।

हराएको तथा चोरी भएको भन्दै निवेदन दिएको आधारमा मोटरसाइकलको खोजी ट्राफिक प्रहरीले गरेको थियो । सो क्रममा केहीमा सक्कलै नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेर चलाएको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सिंहदरबार, कपन, कालिमाटी, नयाँ बसपार्क, गौशाला, बौद्ध, बुद्धनगर लगायतका क्षेत्रबाट २१ वटा दुई पांग्रे सवारी फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.