भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आज ४ बजे भिड्दै

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आज ४ बजे भिड्दै

काठमाडौँ, १९ मंसिर । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्वपूर्ण खेल हुँदैछ ।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनी लायन्सका लागि प्लेअफमा पुग्न आजको जित अत्यावश्यक मानिएको छ । यदि लुम्बिनीले जनकपुरलाई पराजित गर्न सफल भयो भने पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्लेअफ होडबाट बाहिरिनेछन् ।

जनकपुर बोल्ट्सले हालसम्म पाँच खेलमा दुई अङ्क मात्र जोडेको छ । यद्यपि टोलीले दुई खेल खेल्न अझै बाँकी भएकाले जनकपुरको पनि प्लेअफमा पुग्ने सम्भावना जीवितै रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.