भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रूसका राष्ट्रपति पुटिनलाई मोदीद्वारा धार्मिक ग्रन्थ गीता उपहार

रूसका राष्ट्रपति पुटिनलाई मोदीद्वारा धार्मिक ग्रन्थ गीता उपहार

काठमाडौं, १९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी भाषामा अनुवाद गरिएको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् ।

दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार भेटका क्रममा यो उपहार हस्तान्तरण गरेका हुन् । सोसल मिडिया प्लेटफर्म एक्समा मोदीले लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा तयार गरिएको गीताको एक प्रति दिएको छु । गीताको शिक्षाले विश्वभरका लाखौं मानिसलाई प्रेरणा दिन्छ ।’

पुटिन बिहीबार नयाँदिल्ली आइपुगेका हुन् । उनी सवार विमान पालम एयरपोर्टमा अवतरण भएको थियो । स्वागतका लागि प्रधानमन्त्री मोदी आफैं एयरपोर्ट पुगेका थिए । औपचारिक स्वागतपछि दुवै नेता एउटै गाडीमा बसेर मोदीको आवासतर्फ गएका थिए ।

 


Thali Mobile Pvt.Ltd.