भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मधेशमा मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता, अहिलेसम्म ४७ प्रतिशत मात्र धान रोपाइँ

मधेशमा मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता, अहिलेसम्म ४७ प्रतिशत मात्र धान रोपाइँ

काठमाण्डौ, ९ साउन । अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशलगायत तराईका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ प्रभावित भएको छ । मधेश प्रदेश सरकारको सिफारिशमा सङ्घको मन्त्रिपरिषद्ले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार अहिलेसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गएको वर्ष यही समयमा मधेशमा करिब ८० दशमलव ६ प्रतिशत रोेपाइँ भइसकेको थियो । यस प्रदेशमा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा रोपाइँ हुने गर्छ ।

मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा।सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताउनुभयो ।

मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा छ । सिँचाइको मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्यूबवेल र डिपबोरिङ हो । तर अहिले भएका कतिपय नहरबाट पनि पानी पाउँदैन ।

धेरै किसान आकाशबाट पानी कहिले पर्ला अनि रोपाइँ गरौँला भनेर बस्नुपर्ने बाध्यतामा छन् ।मधेश प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६ दशमलव २५ प्रतिशत जग्गामा खेती हुने गरेको सरकारी तथ्याङ्क छ । रासस

 


Thali Mobile Pvt.Ltd.