भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्ता लोभी मधेसका दलहरू

सत्ता लोभी मधेसका दलहरू

काठमाडौं । सत्ता लोलुप्तामै रमाउने मधेसी नेताहरूको चरित्रकै कारण पटक–पटक पार्टीमा विभाजन आउने गरेको छ। पार्टी गठन गर्दा मधेसको मुद्दालाई प्रधान बनाउँने तर, सत्तामा पुगेपछि राष्ट्रको मुद्दा भन्दै पन्छिने प्रवृत्तिले मधेसवादी पार्टीहरूको जनआधार खस्कीदै गएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेसँगै मधेसमा पुनः एउटा नयाँ दल जन्मिएको छ। योसँगै चिया पसल र सर्वसाधारणमाझ चर्चा पनि चुलिएको छ । अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई सोमबार निर्वाचन आयोगले दलको मान्यतासमेत दिइसकेको छ।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । यादव नेतृत्वको जसपा नेपालमा भएको फुटले पुनः मधेसी पार्टीहरू चर्चामा आएका छन्। यादव नेतृत्वको पार्टी यसअघि चारपटक फुटिसकेको छ।

जसपा, नेपाल फुट्नु पछाडि कारण जे–जसो भए पनि मधेसी जनता माझ मधेसको नाम लिएर राजनीति गर्नेहरूको कमजोरीलाई उधांगो पारेको छ। जनताका समस्याहरूलाई बिर्सने र सत्ता लोलुप्तामै रमाउने मधेसी नेताहरूको चरित्रकै कारण पटक–पटक पार्टीमा विभाजन आउने गरेको अधिकांश विश्लेषकको बुझाइ छ।

 


Thali Mobile Pvt.Ltd.