भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

सत्ता लोभी मधेसका दलहरू

सत्ता लोभी मधेसका दलहरू

काठमाडौं । सत्ता लोलुप्तामै रमाउने मधेसी नेताहरूको चरित्रकै कारण पटक–पटक पार्टीमा विभाजन आउने गरेको छ। पार्टी गठन गर्दा मधेसको मुद्दालाई प्रधान बनाउँने तर, सत्तामा पुगेपछि राष्ट्रको मुद्दा भन्दै पन्छिने प्रवृत्तिले मधेसवादी पार्टीहरूको जनआधार खस्कीदै गएको छ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी फुटेसँगै मधेसमा पुनः एउटा नयाँ दल जन्मिएको छ। योसँगै चिया पसल र सर्वसाधारणमाझ चर्चा पनि चुलिएको छ । अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टीलाई सोमबार निर्वाचन आयोगले दलको मान्यतासमेत दिइसकेको छ।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । यादव नेतृत्वको जसपा नेपालमा भएको फुटले पुनः मधेसी पार्टीहरू चर्चामा आएका छन्। यादव नेतृत्वको पार्टी यसअघि चारपटक फुटिसकेको छ।

जसपा, नेपाल फुट्नु पछाडि कारण जे–जसो भए पनि मधेसी जनता माझ मधेसको नाम लिएर राजनीति गर्नेहरूको कमजोरीलाई उधांगो पारेको छ। जनताका समस्याहरूलाई बिर्सने र सत्ता लोलुप्तामै रमाउने मधेसी नेताहरूको चरित्रकै कारण पटक–पटक पार्टीमा विभाजन आउने गरेको अधिकांश विश्लेषकको बुझाइ छ।

 


Thali Mobile Pvt.Ltd.