बिमल कुमार विश्वकर्मा/ भक्तपुर । कला संस्कृतिमा निकै धनी छ भक्तपुर । चारवटै नगरपालिकाले पहिलो प्राथमिक्तामा राखेका छन् सस्कृतिलाई । त्यही भएर त होला लोपउन्मुख अवस्थामा रहेका कला सँस्कृति जोगाउँन मध्यपुरथिमी नगरपालिकाले भेत्ते चित्रमा मध्यपुरको कला सस्कृतिलाई जोगाउँन जोड दिएको छ । अरनीको राजमार्ग अन्तरगत कौशलटार देखि शंखधरचोकसम्मका आकाशे पुलका भित्ताहरुमा अहिले धमाधम सस्स्कार सस्कृति झल्किने रंगिन चित्र बनाउँने कार्य चलिरहेको छ ।
यसले भक्तपुरबासीसंगै विदेशी पाउँनाहरुलाईसमेत कलाको पहिचान गर्न सहज भएको छ । आकाशे पुलका यी भित्ताहरुमा सजिएका सुन्दर चित्रहरु मध्यपुरका कलाले भरिएका छन् । यसले शहरको सुन्दरता मात्रै झल्काएको छैन, भक्तपुरको सस्कृतिलाई विश्वसामु झल्काएको छ । मध्यपुर थिमि नगरपालिकाका कौशलटार, गठ्ठाघर, चारदोवाटो, राष्ट्रिय क्षयरोग केन्द्र र शंखधरचोकका आकाशे पुलका यी भित्ताहरु चित्रले रंगाएका हुन ।
नगरलाई सुन्दर बनाउन अहिले मूर्त अमूर्त सम्पदा समेटेर भित्ते चित्र कोरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । मूर्त, अमूर्त कला सँस्कृति भित्ते चित्रमा समेटिएपछि नगरबासी खुसी भएका छन् । साँस्कृतिक पहिचान बोकेका बिस्काः जात्रा, जिब्रो छेड्ने जात्रा, मठ मन्दिर, लाखे नाचलगायतका नाचसँग सम्बन्धित चित्र तथा परम्परागत भक्तपुरको जीवनशैली चित्रमा उतारिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
भित्तामा कोरिएका यी चित्रहरुले अरनिको राजमार्ग भएर यात्रा गर्ने स्वदेशी तथा विदेशी नागरिकलाई थप जानकारी दिन सहज हुने नगर प्रवक्ता कृष्णहरी आचार्यको भनाइ छ । पहिले पहिले फोहोरको डंगुर बन्ने गरेका यी सार्वजनिक स्थलका पर्खालहरु अहिले कलात्मक चित्रले भरिँदा यहाँको भेषभुषा र पहिचान बोकेको छ । यसले शहरको सुन्दरता अभिवृद्धिसंगै लुकेका र लोपउन्मुख अवस्थामा रहेको परम्पराको संरक्षण हुने नागरिकको विश्वास छ ।
नेवारी मौलिकता समेटिएका यी चित्र जोगाउन नागरिकहरु पनि सजग भएका छन् । आफै आफ्नो दायित्व निर्वाह गर्नेेमा नगरबासी लागिपरेका छन् । चित्र भएका भित्तामा पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्विर खिच्दा नटाँसिइ खिच्ने, कुनै बस्तुले नलेख्ने र यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार संस्कृतिको संरक्षण एवं प्रवद्धर्नमा नागरिकले विशेष चाँसो दिने विश्वास नगरपालिकाले लिएको छ ।
यी चित्रले नेवा सभ्यता र सँस्कृतिको शहर हो भन्ने पहिचान बोकेको छ । यस्ता कार्यको मुल मर्म भनेकै समृद्ध भक्तपुर निर्माणको एक आधार तयार गर्ने हो भन्नेमा नागरिक विश्वस्त छन् । यसमा स्थानीयबासी, सरोकारवाला र नगरको अझ ध्यान व्यापक बनाउँन जरुरी छ ।
तस्वीरमा…

