भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

सुधार केही भएन, निषेधाज्ञा थपेको थप्यै


  • भाद्र २६, २०७७
  • 435 Views
सुधार केही भएन, निषेधाज्ञा थपेको थप्यै image

कोरोनाको संक्रमण बढ्दै गएपछि सुदूरपश्चिममा विभिन्न जिल्ला र स्थानीय तहमा निषेधाज्ञा लागु गरिएको छ। प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्ला प्रशासन कार्यालयले जिल्लामा भदौ ५ गतेदेखि बिनाकाम सर्वसाधारणले घरबाहिर निस्कन नपाउने गरी कडा निषेधाज्ञा जारी ग¥यो।

घरभित्र सबैलाई थुनेर राख्ने निषेधाज्ञा थपिँदै गयो र समस्या जटिल बनेपछि व्यापारी, उद्योगपतिलगायत स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा हटाउन आग्रह गरे। भदौ २० गतेदेखि अलि खुकुलो हुने प्रावधान राखेर भदौ ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ। यसैगरी बैतडी, डडेल्धुरा र डोटीमा निषेधाज्ञा जारी छ भने अन्य विभिन्न जिल्लाका स्थानीय तहले पनि आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्।

निषेधाज्ञामाथि निषेधाज्ञा थप गरिए पनि तीनै तहका सरकारले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि गर्नुपर्ने सुधारका काम गर्न सकेको देखिँदैन। निषेधाज्ञाले दैनिक ज्यालादारी गरेर परिवार पाल्ने भोकभोकै हुने अवस्थामा छन् भने दूरदराजमा रहेका बिरामी उपचारका लागि अस्पतालसम्म जान सकेका छैनन्। स्थानीयलाई समस्याले दिनानुदिन जेलिरहेको छ।

परीक्षण बढाएर समुदायमा कोरोना महामारी फैलिनबाट रोक्ने, भारतबाट आएकालाई क्वारेन्टिनको व्यवस्था गर्ने, जाँच गरेर मात्र घर जान दिने, आइसोलेसन कक्ष बढाउने, आइसियु भेन्टिलेटर थप गर्ने, पूर्वाधार थप गर्नेलगायत कुनै पनि काम हुन सकेका छैनन्। सुधारका काममा सिन्को नभाँच्ने र अनि निषेधाज्ञा मात्र लगाइरहनाले समस्या समाधान नभई झन् विकराल स्थिति सिर्जना हुने स्थानीय बताउँछन्। निषेधाज्ञा लगाएर सर्वसाधारणलाई घरभित्र थुनेर मात्र पूरै समस्या समाधान हुन नसक्ने कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त बताउँछन्।

‘निषेधाज्ञा अल्पकालीन समयका लागि हो, हामीले यसअघि पनि ३ महिना लगाइसक्यौं,’ उनी भन्छन्, ‘निषेधाज्ञा मात्र लगाएर सबैलाई घरभित्र थुनेर समस्या झन् जटिल बन्ने देखिन्छ।’ लामो समयको निषेधाज्ञाले अन्य भोकमरीलगायत मानवीय समस्या हुन सक्ने उनी बताउँछन्। ‘टेस्ट बढाउनेलगायत अन्य काम नगरेर निषेधाज्ञा मात्र लगाएमा रोगसँगसँगै भोकमरीलगायत जटिल समस्या देखिनसक्ने खतरा छ।’

निषेधाज्ञा लगाएका बेला स्वास्थ्य उपचार प्रणाली व्यवस्थित बनाउने र रोकथामका लागि ठोस योजना बनाउने, पूर्वाधार थप गरिनुपर्नेलगायत कुरामा सरकारको ध्यान जानुपर्नेमा त्यो हुन नसकेको विज्ञ तथा वरिष्ठ फिजिसियन शुभेशराज कायस्थ बताउँछन्। सुधार केही नभएको निषेधाज्ञा थपेको थप्यै भएर हैरानी भएको उनीहरुको भनाई छ । नागरिकबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.