भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उदयपुरमा हावाहुरीले २ जनाको ज्यान, ५ घाइते-सतर्क रहन आग्रह

उदयपुरमा हावाहुरीले २ जनाको ज्यान, ५ घाइते-सतर्क रहन आग्रह

काठमाडौँ, ३ फागुन । उदयपुरको कटारीमा हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

हिजो बेलुकी आएको तीव्र हावाहुरीका क्रममा रुख ढलेर लाग्दा कटारी नगरपालिका–५ का ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी नगरपालिका–८ की मिनामाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक हावाले सुकेको सालको रुख ढल्दा चौधरीको ज्यान गएको हो। उक्त घटनामा रुखले लागेर पाँच जना घाइते भएका छन्। घाइतेहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

यस्तै कटारी नगरपालिका–८ मा घरमै बसिरहेका बेला हावाले भाँचिएको रुखको हाँगाले लागेर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। प्रि–मनसुनको समयमा दिउँसोपछि हावाहुरी, मेघगर्जन तथा चट्याङ पर्ने सम्भावना बढी हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीबाट हुने क्षति न्यूनीकरणका लागि घरको संरचना बलियो बनाउने, हावाहुरी चलेको बेला घरभित्र सुरक्षित बस्ने तथा यात्रा गर्दा सुरक्षित स्थानमा आश्रय लिनुपर्ने सुझाव दिइएको छ।हावाहुरीको समयमा रुख वरपर वा कमजोर संरचना भएका स्थानमा नबस्न पनि विज्ञहरूले आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.