भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

कोशी, बागमती र गण्डकीमा आज पनि चट्याङसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीमा आज पनि चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, ३ फागुन ।  देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ भने पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले जनाएका छन्। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको छ।

हिजो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हुरीबतास, चट्याङ तथा असिनासहित वर्षा भएको थियो। हावाहुरीका कारण केही स्थानमा घरका छाना उड्नुका साथै रुख ढलेका छन् भने असिनाले तरकारीबालीमा क्षति पुगेको छ।

यो सिजनमा बिहान मौसम सफा भए पनि दिउँसो र बेलुकीपख हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.