भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल, हर्मुज सुरक्षामा युद्धपोत पठाउन आग्रह

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल, हर्मुज सुरक्षामा युद्धपोत पठाउन आग्रह

एजेन्सी, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न पहल गर्नुभएको छ। उहाँले हर्मुज स्ट्रेट क्षेत्रमा जलमार्गको सुरक्षा सुनिश्चित गर्न सात देशलाई युद्धपोत पठाउन आग्रह गर्नुभएको हो। तर हालसम्म कुनै पनि देशले स्पष्ट प्रतिबद्धता जनाएको छैन।

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व बजारमा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि ऊर्जा आपूर्ति तथा क्षेत्रीय सुरक्षामा जोखिम थपिएको छ।

युद्धको अवस्था निरन्तर रहँदा चीनले ऊर्जा आपूर्ति अवरुद्ध हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। दक्षिण कोरियाले परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेको जनाएको छ भने फ्रान्सले अन्य युरोपेली तथा एशियाली देशहरूसँग मिलेर सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा अभियानको तयारी गरिरहेको छ।

युएई, साउदी अरब, कुवेत र बहराइनले इरानी मिसाइल तथा ड्रोन आक्रमणको रिपोर्ट गरेका छन्। यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन तेल भण्डार प्रयोग गरी बजारमा आपूर्ति बढाउने योजना अघि सारेको छ।

एशियाली देशहरूले पनि ऊर्जा संकट न्यूनीकरण गर्न आवश्यक पर्दा भण्डारबाट तेल उपलब्ध गराउने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य भएपछि तेलको मूल्य घट्ने विश्वास व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.