भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल, हर्मुज सुरक्षामा युद्धपोत पठाउन आग्रह

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल, हर्मुज सुरक्षामा युद्धपोत पठाउन आग्रह

एजेन्सी, ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न पहल गर्नुभएको छ। उहाँले हर्मुज स्ट्रेट क्षेत्रमा जलमार्गको सुरक्षा सुनिश्चित गर्न सात देशलाई युद्धपोत पठाउन आग्रह गर्नुभएको हो। तर हालसम्म कुनै पनि देशले स्पष्ट प्रतिबद्धता जनाएको छैन।

मध्यपूर्वमा बढ्दो तनावका कारण विश्व बजारमा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ। इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि ऊर्जा आपूर्ति तथा क्षेत्रीय सुरक्षामा जोखिम थपिएको छ।

युद्धको अवस्था निरन्तर रहँदा चीनले ऊर्जा आपूर्ति अवरुद्ध हुन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा सार्वजनिक गरेको छ। दक्षिण कोरियाले परिस्थितिलाई नजिकबाट अध्ययन गरिरहेको जनाएको छ भने फ्रान्सले अन्य युरोपेली तथा एशियाली देशहरूसँग मिलेर सम्भावित अन्तर्राष्ट्रिय सुरक्षा अभियानको तयारी गरिरहेको छ।

युएई, साउदी अरब, कुवेत र बहराइनले इरानी मिसाइल तथा ड्रोन आक्रमणको रिपोर्ट गरेका छन्। यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आपतकालीन तेल भण्डार प्रयोग गरी बजारमा आपूर्ति बढाउने योजना अघि सारेको छ।

एशियाली देशहरूले पनि ऊर्जा संकट न्यूनीकरण गर्न आवश्यक पर्दा भण्डारबाट तेल उपलब्ध गराउने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य भएपछि तेलको मूल्य घट्ने विश्वास व्यक्त गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.