भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

स्वास्थ्य बीमा राष्ट्रिय परिचयपत्रसँग जोडिँदै, दोहोरो सुविधा रोक्ने तयारी

स्वास्थ्य बीमा राष्ट्रिय परिचयपत्रसँग जोडिँदै, दोहोरो सुविधा रोक्ने तयारी

काठमाडौँ, ३ फागुन । स्वास्थ्य बीमा बोर्डले अब राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ। बीमामा आबद्ध हुने तथा नवीकरण गर्ने क्रममा बिमितले राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरिने भएको हो।

बीमाको दोहोरो सुविधा लिने तथा फरक–फरक स्थानबाट सेवा प्राप्त गर्ने प्रवृत्ति रोक्न यस्तो कदम चालिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। यसका लागि बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरिनेछ। अब स्वास्थ्य बीमामा आबद्ध हुन आउनेलाई राष्ट्रिय परिचयपत्र ल्याउन भनिनेछ भने नभएका व्यक्तिलाई निश्चित समयभित्र बनाइ पेस गर्न अनुरोध गरिनेछ।

यो व्यवस्था यही चैत २५ गतेदेखि लागू हुने जनाइएको छ। हाल स्वास्थ्य बीमा कार्यक्रममा एक करोड दुई लाख बिमित आबद्ध छन्। यसअघि नागरिकता तथा चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा दर्ता र नवीकरण हुँदै आएको थियो।

बोर्डका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोगले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्ति प्रक्रियालाई सरल बनाउने, तथ्याङ्क एकीकरण गर्ने र दोहोरो दर्ता नियन्त्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.