DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ग्राउन्ड ह्यान्डलिङबाट हुन्छ यस्तो आम्दानी, रकमको लोभले चलखेल


  • आश्विन १३, २०७७
  • 383 Views
ग्राउन्ड ह्यान्डलिङबाट हुन्छ यस्तो आम्दानी, रकमको लोभले चलखेल image

काठमाडौँ । नेपाल वायु सेवा निगमको आउटा राम्रो आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ पनि हो। तर यसमा अहिले हवाई माफियाहरुले आँखा लगाइरहेका छन्। ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त रकमबाट वार्षिक ६० देखि ७० करोड रुपैयाँ रोयल्टीको रुपमा प्राधिकरणलाई र सरकारलाई भ्याट बुझाउँदै आएको निगमको कर्मचारीसँगको भनाई छ।

यही रकममा हवाई माफियाहरुले आँखा गाडेको संघको दावी छ। उक्त रकममा आँखा लगाउँदै हवाई माफियाले २०७२ देखि नै निगम डुबाउन चलखेल गरेको संघका महासचिव नेत्रराज रावतले दाबी छ। उनले राजनीतिक नियुक्तिमा निगम प्रवेश गरेका सञ्चालक समिति सदस्यको समेत यसमा भूमिका रहेको दाबी गरे। संघका महासचिव नेत्रराज रावतले निगमले ग्राउन्ड ह्यान्डलिङबाट आर्जन गर्ने वार्षिक चार अर्ब रुपैयाँ कमाउने मौका हिमालयलाई दिने गरी ‘हवाई माफियाहरु लागेको’ बताएका छन्।

‘एक वर्षअघिसम्म प्राधिकरणको सदस्यमा निगमको अध्यक्ष पनि हुने व्यवस्था थियो। आर्थिक चलखेलकै लागि अहिले त्यो व्यवस्था हटाइएको छ,’ रावतले भने। विदेशी लगानीसमेत रहेको हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध ९सेल्फ ग्राउन्ड ह्यान्डलिङ० गर्न दिने निर्णय फिर्ता लिन पर्यटनमन्त्री योगेश भट्टराईले दिए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले नटेरेको नेपाल वायुसेवा निगम कर्मचारी संघले दाबी गरेको छ। प्राधिकरणले उल्टै भित्रभित्रै हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ दिने प्रक्रिया अघि बढाइरहेको दाबी गरेको छ। नागरिक दैनिकबाट………

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.