भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारी अध्ययनको निष्कर्षः नवयुवा आन्दोलन’ भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह | इरानमा अझै पनि आक्रमण गर्न बाँकी रहेको इजरायलको दाबी | राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव नियुक्ति विवादित | समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगको रुजु प्रक्रिया सुरु | ग्यास र सवारी इन्धनको कृत्रिम अभाव गराउनेमाथि कडा कारबाही गर्ने महानगरको चेतावनी | पेट्रोलमा इथानोल मिसाउने नीति लागू, अधिकतम १०% सम्म मिश्रण गर्न सकिने | फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन | पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पिकनिक खान गएका दाजु-भाइ नारायणी नदीमा डुबेर बेपत्ता


  • बैशाख ३, २०८२
  • 193 Views
पिकनिक खान गएका दाजु-भाइ नारायणी नदीमा डुबेर बेपत्ता image

नवलपुर । पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का दुईजना बालक बेपत्ता भएका छन् । मंगलबार दिउँसो नारायणी नदी र आरुङखोलाको संगम उल्टि दोभानमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

वेपत्ता हुनेमा १३ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल रहेका छन् । उनीहरूको खोजि जारी रहेको प्रहरीले जनाएको छ। हराइरहेका बालकको खोजी भइरहेको छ ।हिजो राति अबेरसम्म पनि नभेटेएपछि आज बिहानैबाट खोज्ने काम भइरहेको छ, प्रवक्ता नेपालले भने ।

उनले बालकहरूको खोजी कार्यका लागि गोताखोरको टोलीसँग समेत समन्वय भइरहेको जानकारी दिए । उनले भने,गोताखोरको टोलीसँग पनि समन्वय भएको छ। नेपाली सेना प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य हुँदैछ।मध्यविन्दु १२ ज्वाईंथरबाट वेपत्ता दुई बालकसँगै अन्य ३ जना पनि गएका थिए ।

उनीहरू सकुशल घर फर्केको प्रहरीले जानकारी दिएको छ । वेपत्ता दुई बालक दाजु-भाइका छोराहरू हुन् । नारायणी नदी किनारमा ड्राइ पिकनिक गएको बेलामा घटना भएको बुझिएको छ।अन्नपूर्ण पोस्टबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.