भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

इराक पुगेकी युवतीको पेटमा ११ वटा तिखा सुई


  • बैशाख ३, २०८२
  • 208 Views
इराक पुगेकी युवतीको पेटमा ११ वटा तिखा सुई image

काठमाडौं । सुर्खेतकी २२ वर्षीया अनिता परियार ‘नाम परिवर्तन’ वैदेशिक रोजगारीको लागि कुबेत जान भन्दै गाउँकै एजेन्ट पञ्चलाल तामाङको सम्पर्कमा पुगिन्। एजेन्टसँगै मिलेर उनलाई नेपालबाट घरी ओमान त घरी कुबेत लैजाने भन्दै अन्ततः उनलाई इराकमा बिक्री गरियो। तस्करहरूको फन्दामा पुगेकी अनिताले इराकमा चरम यातना भोगिन्। उनीमाथि श्रमशोषण, यौनशोषण तथा घरेलु हिंसासमेत भएको छ।नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले तस्करको फन्दामा परेकी ती युवती २०८० को जेठमा इराक पुगेको जानकारी दिए।

उनका अनुसार २०८० जेठको १३ गते घरेलु कामदारका लागि नेपालबाट दुबईका लागि उडेकी अनितालाई दुबईमा बस्ने आशाकाजी तामाङले लिन आएका थिए। एक हप्ता दुबईमा नै राखी उनले अनितालाई इराकको बग्दादमा पुर्‍याएका थिए।घरमा बुवाआमा र एक भाइमात्रै रहेको अनितामा घरको सबै जिम्मेवारी थियो। निम्नवर्गीय परिवारकी अनिता इराक जानुअघि पनि कुबेत पुगी सात महिना बसेर फर्किएकी थिइन्। कुबेतको बसाइ पनि उनको सुखद भएन, न त पैसा कमाउन सकिन् न त राम्रो काम नै पाइन्। त्यहाँ पनि श्रम शोषणमा परेपछि ७ महिना बसेर फर्किएकी थिइन्।

त्यसपछि उनी पुनः विदेश जानका लागि एजेन्टको खोजीमा थिइन्। दुबईमा रहेको एजेन्टको सहयोगमा इराकको बग्दाद पुर्‍याइएकी अनितालाई फ् हच्चिफा आतले भन्ने इराकी नागरिकको घरमा पुर्‍याइयो। अनि सुरु भयो अनिताको नर्कको दैनिकी। इराकी नागरिकले अनितालाई ६ हजार डलरमा किनेको भन्दै चौबिसैघण्टै श्रम शोषण गर्न थाले। घरमा मात्रै नभएर उनको छोरीको घरमा, कहिले आफन्तको घरमा समेत काममा पठाउँथे। अन्य ठाउँमा काममा पठाएर आएको पैसा हच्चिफा आफैंले लिने गर्थे। अनिताले उक्त स्थानमा न त कुनै पारिश्रमिक पाइन् न त पेटभरि खान नै पाइन्।

घर तथा आफन्तसँग १ लाख ४० हजार रुपैयाँ ऋण मागेर इराक पठाएपछि नेपाल फर्कन पाएकी अनिताले अहिले मानव बेचबिखन तथा अनुसन्धान ब्युरोमा उजुरी दर्ता गराएकी छन्। ब्युरोका डीएसपी ज्ञानबहादुर विष्टका अनुसार प्रहरीको सम्पर्कमा आएकी उनको अवस्था निकै जटिल छ। उनलाई यातना दिने क्रममा उनको शरीरमा तिखो सुईजस्तो सियोले घोचिएको छ। नेपाल आएर तीन पटक अप्रेसन गरिसकेकी उनको पेटबाट आठ वटा सियो निकालिसकेको छ। अझै तीन वटा सियो निकाल्न बाँकी नै रहेको छ। प्रहरीमा दिएको उजुरीमा उनले आफूलाई इराकी मालिकले निकै यातना दिएको बताएकी छन्।

उनका अनुसार दिनभर अरूको घरमा काममा लगाउने र रातभर मालिकको घरमा काममा लगाउने गर्थे। फालिएको निकै कममात्रै खानको लागि दिने गर्थे। काम गर्न नसकेमा आइरनले डाम्ने, कपाल लुछ्ने, कुटपिट गर्ने र यौनशोषणसमेत गर्ने गर्थे। बिरामी हुँदासमेत काममा लगाएर यातना दिने गर्थे। अनिताको शरीरभरि इराकी मालिकले कुटेको दाग र खतहरू रहेका छन्। कुटपिट र यातनाबाट थलिएकी उनलाई इराकी नागरिकले एजेन्ट अफिसमा लगेर यौनशोषण गरेका थिए। यौन सम्बन्धको लागि इन्कार गरेपछि मुखमा कपडा कोचेर पेटमा सुईले घोच्दै उनले यौनशोषण गरेका थिए।

घर फर्कनका लागि अनिताले सबैतिर ऋणधन गरेर इराकी मालिकलाई पैसा पठाउन लगाएकी थिइन्।मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका डीएसपी ज्ञानबहादुर विष्टले घरेलु कामदारका लागि विदेश जाने नेपाली महिलामाथि श्रम तथा यौनशोषण हुने गरेको बताए। विदेशी नागरिकबाट हुने शोषणका सम्बन्धमा नेपालमा उजुरी दिएर केही गर्ने नसकिने उनले जानकारी दिए। अन्य देशमा भएको अपराधमा नेपालबाट अन्य देशका नागरिकलाई कारबाही गर्ने कानुन नै नभएको उनको तर्क छ। घरेलु कामदारमा जाने महिलाहरू निम्नवर्गीय, नपढेको तथा निकै सोझो हुने हुँदा पनि उनीहरू समस्यामा पर्छन्। उताको कानुनअनुसार उतै उजुरी दिन पनि सकिन्छ तर कममात्रै प्रभावकारी हुन्छ। जान्नेहरू आफू गएकै देशमा पनि उजुरी गरेका हुन्छन्।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.