DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

केन्द्रीय कारागारमा राम लखनको शंकास्पद मृत्यु


  • आश्विन ७, २०७७
  • 257 Views
केन्द्रीय कारागारमा राम लखनको शंकास्पद मृत्यु image

काठमाडौं । केन्द्रीय कारागारमा सुन्धारामा जेल जीवन बिताइरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका ६३ वर्षीय राम लखन जैसवालको मृत्यु शंकास्पद भन्दै परिवारले छानबिनको माग गरेका छन्। जेल प्रशासनले भने उनको उपचारकै क्रममा गत शनिबार राति वीर अस्पतालमा मृत्यु भएको दाबी गरेको छ।

जैसवाललाई कोरोना पोजिटिभ आएको केन्द्रीय कारागारले जनाएको छ। कारागारबाटै गत शनिबार राति फोन गरेर जैसवालको मृत्युबारे जानकारी गराएपछि उनकी छोरी रश्मी र उनको परिवार काठमाडौं आएका थिए। रश्मीका अनुसार आइतबार बिहान साढे सात बजे कारागार पुग्दा कारागार प्रशासनले ‘तपाईंको बुबालाई बचाउन सकिएन । उपचारको क्रममा मृत्यु भयो । कोरोना लागेको छ। शव दिन मिल्दैन्’, भनेर जवाफ दिएका थिए।

मंगलबार अपराह्न रश्मीले वीर अस्पतालका चिकित्सकको आँखा छलेर बाबुको शव हेर्न पुगेकी थिइन्। उनले भिडियो पनि खिच्न भ्याइन्। रश्मीले खिचेको भिडियो अनुसार राम लखनको आँखा र मुखबाट रगत बगेका थियो । घाँटीको तल्लो भाग फुलेको थियो । शरीरमा फोकाफोका देखिन्थ्यो। रश्मीले भनिन्,‘मेरो बुबाको हत्या भएको हो। कोरोना लागेको बिरामीको आँखा, मुख र घाँटीबाट रगत आउँछ र रु’, उनले शवको पोष्टमार्टम गरेर छानबिन गनुपर्ने बताइन्।

उनले कारागारमै हत्या गरेर उपचारको नाटक रचेको बताइन्। केही दिन अघि जैसवालले फोन गरेर आफू ठीक रहेको जानकारी गराएका थिए। जैसवाल कर्तव्य ज्यान मुद्दामा विगत साढे आठ वर्षदेखि जेलमा थिए । केन्द्रीय कारागारमा उनी चार वर्ष अघि ल्याइएका थिए ।कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जैसवालको मृत्यु स्वभाविक भएको बताए । ‘उहाँ दीर्घरोगी हुनुहुन्थ्यो।

शनिबार राति एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि वीरमा लग्यौं’, उनले भने, ‘अस्पताल पु¥याएको करिब आधा घण्टामा जैसवालको मृत्यु भयो।’ जैसवालको कोरोना परीक्षण गर्दा पोजिटि आएको बाँस्कोटाले बताए। बाँस्कोटाका अनुसार कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका जैसवाल साढे आठ वर्ष जेल बसिकसका थिए। बाँस्कोटाका अनुसार जेलमै बस्दा पनि जैसवाललाई वीर, ट्रमा, टिचिङ र न्यूरो हस्पिटल बाँसबारी लगायत अस्पतालमा उपचार गराइएको थियो । अन्नपूर्ण पोष्टबाट…

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.