भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

बागलुङ, ७ फागुन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले ढोरपाटन उपत्यका सेताम्य बनेको छ।

ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकका अनुसार हिमपातका कारण वस्तुभाउलाई घाँस–दाना खुवाउन समेत कठिनाइ भएको छ। केही दिनदेखि सामान्य वर्षा भइरहे पनि अहिले निरन्तर हिमपात हुँदा दैनिक जीवन प्रभावित बनेको उनले बताए।

आलु रोपाइँका लागि बोबाङ, अधिकारीचौरलगायत क्षेत्रबाट ढोरपाटन उक्लिएका स्थानीयहरू हिमपातका कारण काम गर्न नसक्ने अवस्थामा पुगेका छन्।

स्थानीय तुलराम पुनका अनुसार अत्यधिक चिसो बढेको छ र रातिदेखिको हिमपातले बाहिर निस्किन तथा पशुचौपायाको हेरचाह गर्न समेत समस्या भएको छ। स्थानीयवासीले मौसम प्रतिकूलताका कारण दैनिकी कष्टकर बनेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.