भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

धनगढीमा महेश बस्नेत आगमनअघि जेनजीको सडक प्रदर्शन, सुरक्षा कडा

धनगढीमा महेश बस्नेत आगमनअघि जेनजीको सडक प्रदर्शन, सुरक्षा कडा

धनगढी, १० मंसिर । नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउँदै छन भनेर सूचना सार्वजनिक भएलगत्तै स्थानीय ‘जेनजी’ युवाहरू सडकमा उत्रेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्ले – कार्डसहित बस्नेतको प्रवेशविरुद्ध बजार क्षेत्रमा नाराबाजी गरेका हुन् । 

आज दिउँसो एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सम्बोधन गर्न बस्नेत धनगढी आउने कार्यक्रम रहेको छ । त्यसअघि नै जेनजी समूहले ‘गुण्डुको गुण्डा गो ब्याक’ तथा ‘जेनजीको रगतसँग खेलवाड गर्न पाइँदैन’ जस्ता नारासहित प्रदर्शन थालेका हुन् ।

विरोध तथा बस्नेतको सुरक्षालाई ध्यानमा राख्दै धनगढीका मुख्य सडक क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ । बस्नेत विमानमार्फत धनगढी आउने तय भएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.