भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्रधानमन्त्री कार्कीले सचिवालय पुनर्गठन तयारी सुरु, आदर्श श्रेष्ठ विवादमा

प्रधानमन्त्री कार्कीले सचिवालय पुनर्गठन तयारी सुरु, आदर्श श्रेष्ठ विवादमा

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय हेरफेर गर्ने तयारी सुरु गरेकी छन् ।

सचिवालयका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र अन्य सदस्यहरू विभिन्न विवादमा तानिएपछि प्रधानमन्त्रीले पुनर्गठनको निर्णय लिएको स्रोतले जनाएको छ । श्रेष्ठले केही दिनअघि आफ्नी श्रीमती र आफन्तलाई सचिवालयमा नियुक्ति गराएको प्रकरण बाहिरिएपछि कार्कीको नैतिकतामाथि प्रश्न उठेको थियो । साथै, श्रेष्ठमाथि सर्वोच्च अदालतमा कार्यरत रहँदा पेशी व्यवस्थापन र आर्थिक लेनदेनमा संलग्न भएको आरोप पनि रहेको छ ।

श्रेष्ठ प्रधानमन्त्रीको स्वकीय सचिव बन्नु अघि लामो समय सर्वोच्च अदालतको पेशी व्यवस्थापन शाखामा कार्यरत थिए । उनले प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारबाट पेशी तोक्ने कार्यमा समेत संलग्न थिए ।

स्रोतका अनुसार, विवाद बढेसँगै प्रधानमन्त्री कार्की सचिवालयको सदस्य फेरबदल र पुनर्गठनतर्फ सक्रिय भएकी छन्, जसले आगामी कार्यसम्पादनमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.