भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

२२ किलो गाँजासहित एक जना पक्राउ

२२ किलो गाँजासहित एक जना पक्राउ

बारा, ४ असार । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जीतपुर सिमरा उपमहानगरपालिका–८ लोसण्डा निवासी ४५ वर्षीय रामपुकार सहनी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सहनीलाई ईम्लिप्रति क्षेत्रको खेतमा दुई वटा बोरामा गाँजा बोकेर हिँडिरहेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार साँझ पक्राउ गरिएको हो।

प्रहरीले उनलाई लागुऔषध सम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। यस घटनाले सीमावर्ती क्षेत्रहरूमा लागूऔषध तस्करीको बढ्दो जोखिमप्रति सचेत रहनुपर्ने सन्देश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.