भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२२ किलो गाँजासहित एक जना पक्राउ

२२ किलो गाँजासहित एक जना पक्राउ

बारा, ४ असार । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले २२ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति जीतपुर सिमरा उपमहानगरपालिका–८ लोसण्डा निवासी ४५ वर्षीय रामपुकार सहनी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सहनीलाई ईम्लिप्रति क्षेत्रको खेतमा दुई वटा बोरामा गाँजा बोकेर हिँडिरहेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार साँझ पक्राउ गरिएको हो।

प्रहरीले उनलाई लागुऔषध सम्बन्धी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। यस घटनाले सीमावर्ती क्षेत्रहरूमा लागूऔषध तस्करीको बढ्दो जोखिमप्रति सचेत रहनुपर्ने सन्देश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.