भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठबीसका केशव बहादुर कार्कीले गरे कञ्चनजङ्घाको सफल आरोहण

आठबीसका केशव बहादुर कार्कीले गरे कञ्चनजङ्घाको सफल आरोहण

दैलेख, ४ असार । दैलेख जिल्लाको आठबीस नगरपालिका ३ निवासी तथा नेपाली सेनामा कार्यरत केशव बहादुर कार्कीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को सफल आरोहण गरेका छन्।

साहस, समर्पण र राष्ट्रप्रेमको प्रतीकस्वरूप कार्कीले कठिन मौसम र चुनौतीपूर्ण भौगोलिक परिस्थितिलाई पार गर्दै हिमालको चुचुरोमा नेपालको झण्डा फहराएका हुन्। उनको यो सफल आरोहणले स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि गौरव थपेको छ।

स्थानीयवासी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूले कार्कीलाई बधाई तथा सम्मान व्यक्त गरेका छन्। आठबीस नगरपालिकाले पनि कार्कीको यो सफलताप्रति प्रसन्नता व्यक्त गर्दै “यस्तो उपलब्धिले  पालिकाकाे मात्र होइन, सम्पूर्ण देशको प्रतिष्ठा बढाएको” जनाएको छ।

“उहाँको साहसिक कार्यप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौं,” आठबीस नगरपालिकाका मेयर तर्क बडुवालले भने । 

कञ्चनजङ्घा हिमाल नेपाल र भारतको सीमामा अवस्थित हिमशृंखलाको हिस्सा हो, जसको उचाइ ८,५८६ मिटर छ। यो सगरमाथा र केटुपछि तेस्रो अग्लो हिमाल हो र आरोहणका दृष्टिले निकै कठिन मानिन्छ।

केशव बहादुर कार्कीको यो सफल प्रयासले नेपाली सेनाको साहसिकताको उदाहरण प्रस्तुत गर्दै युवापुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.