भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आठबीसका केशव बहादुर कार्कीले गरे कञ्चनजङ्घाको सफल आरोहण

आठबीसका केशव बहादुर कार्कीले गरे कञ्चनजङ्घाको सफल आरोहण

दैलेख, ४ असार । दैलेख जिल्लाको आठबीस नगरपालिका ३ निवासी तथा नेपाली सेनामा कार्यरत केशव बहादुर कार्कीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) को सफल आरोहण गरेका छन्।

साहस, समर्पण र राष्ट्रप्रेमको प्रतीकस्वरूप कार्कीले कठिन मौसम र चुनौतीपूर्ण भौगोलिक परिस्थितिलाई पार गर्दै हिमालको चुचुरोमा नेपालको झण्डा फहराएका हुन्। उनको यो सफल आरोहणले स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि गौरव थपेको छ।

स्थानीयवासी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूले कार्कीलाई बधाई तथा सम्मान व्यक्त गरेका छन्। आठबीस नगरपालिकाले पनि कार्कीको यो सफलताप्रति प्रसन्नता व्यक्त गर्दै “यस्तो उपलब्धिले  पालिकाकाे मात्र होइन, सम्पूर्ण देशको प्रतिष्ठा बढाएको” जनाएको छ।

“उहाँको साहसिक कार्यप्रति हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौं,” आठबीस नगरपालिकाका मेयर तर्क बडुवालले भने । 

कञ्चनजङ्घा हिमाल नेपाल र भारतको सीमामा अवस्थित हिमशृंखलाको हिस्सा हो, जसको उचाइ ८,५८६ मिटर छ। यो सगरमाथा र केटुपछि तेस्रो अग्लो हिमाल हो र आरोहणका दृष्टिले निकै कठिन मानिन्छ।

केशव बहादुर कार्कीको यो सफल प्रयासले नेपाली सेनाको साहसिकताको उदाहरण प्रस्तुत गर्दै युवापुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ।

 


Thali Mobile Pvt.Ltd.