भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

मनाङमा कात्तिक १७ गते प्रदेशसभा उपनिर्वाचन हुने

मनाङमा कात्तिक १७ गते प्रदेशसभा उपनिर्वाचन हुने

मनाङ, २० भदौ । हिमाली जिल्ला मनाङमा प्रदेशसभा सदस्य पदका लागि उपनिर्वाचन कात्तिक १७ गते हुने भएको छ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को रिक्त स्थान पूर्ति गर्न उपनिर्वाचनको तालिका तय गरी जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो।

निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार २०७९ मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि रिक्त पदमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार कात्तिक १७ गते मतदान हुने तय गरिएको हो।

निर्वाचन आयोगले देशभर अद्यावधिक भएको अन्तिम मतदाता नामावली आगामी भदौ २५ मा प्रकाशन गर्ने र त्यही नामावली यस उपनिर्वाचनमा समेत प्रयोग गरिने जानकारी दिएको छ। साथै, कात्तिक १६ सम्म १८ वर्ष पुगेका नागरिकलाई मतदाताको रुपमा मान्यता दिइनेछ।

गत निर्वाचनमा जिल्लामा कुल ६ हजार ७७९ मतदाता रहेका थिए। तीमध्ये ४ हजार ८४५ जनाले मतदान गरेका थिए, जुन ७१.४७ प्रतिशत हो।

 


Thali Mobile Pvt.Ltd.