भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बागलुङका किसानले ७०५ पशुको बीमा गराए

बागलुङका किसानले ७०५ पशुको बीमा गराए

बागलुङ, २० भाद्र । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बीमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका ७०५ पशुको बीमा गरिएको सङ्घ अध्यक्ष दीपक गौतमले जानकारी दिए ।

कृषकबाट बीमा प्रिमियमबापत गत वर्षमा रु चार लाख ८४ हजार ५०० र राज्यबाट अनुदानबापत रु १९ लाख ३८ हजार गरी जम्मा रु २४ लाख २२ हजार ५०० पशुधन सुरक्षण उपसमितिमा रकम दाखिला भएको छ ।

चालु आवमा पशुधन सुरक्षण कार्यक्रममा रु ७८ लाख ८० हजार सङ्कलन भएको उनले बताए ।सङ्घले २४ वर्षदेखि १५ दुग्ध सङ्कलन सहकारीका एक हजार ५०० भन्दा बढी किसानको दैनिक तीन हजार ५०० लिटर दूध सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.