भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

माओवादी केन्द्रकाे देशभर वडा सम्मेलन, मण्डनदेउपुरमा विभिन्न समिति गठन

माओवादी केन्द्रकाे देशभर वडा सम्मेलन, मण्डनदेउपुरमा विभिन्न समिति गठन

काभ्रे । नेकपा माओवादी केन्द्रले देशैभरका वडाहरुमा  वडा सम्मेलन सम्पन्न गर्दैछ । अधिवेशनकै रुपमा पालिकास्तरमा, वडा सम्मेलन गरेको हो ।

यसैबीच बागमतीका १३ जिल्लामा आज वडा सम्मेलन सफल पारेको हो । काभ्रेको मण्डनदेउपुरको वडा नं ४ मा केन्द्रका केन्द्रीय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै विभिन्न जवस समिति गठन गरिएको छ । दिउसो १ बजे उद्घाटन गरिएको सम्मेलनमा वडास्तरसम्मै पार्टीको सदस्यता नवीकरण,

वडा सम्मेलन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा बोल्दै देशभरका ६ हजार ७ सय ४३ वडामा सम्मेलन हुन लागेकाे र आज बागमतीका १३ जिल्लामा एकसाथ सम्मेलन सम्पन्न भएको पौडेलले जानकारी दिए ।

विभिन्न कमिटि गठनः
मण्डनदेउपुर वडा नं ४ का वडा अध्यक्ष उत्तममणी सापकोटाको सभापतित्वमा सम्पन्न सम्मेलनबाट भेष बहादुर बिकको अध्यक्षतामा १७ सदस्यीय नगर पार्टी कमिटी सर्वसम्मत चयन गरेकाे छ ।

जानुका घर्तीको अध्यक्षतामा ११ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), किरण घर्तीको अध्यक्षतामा १५ सदस्यीय वाइसीयल नेपाल, अनिल तामाङको सयोजकत्वमा १० सदस्यीय तामाङ मुक्तिमोर्चा र विष्णु सुनुवारको अध्यक्षतामा ७ सदस्यीय दलित राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको हो ।

सम्मेलनमा गाेपाल घिमिरे, राममाया तामाङ, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका पार्टी प्रतिनिधिहरूले सम्मेलन सफल्ताको शुभकामना व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.