काभ्रे । नेकपा माओवादी केन्द्रले देशैभरका वडाहरुमा वडा सम्मेलन सम्पन्न गर्दैछ । अधिवेशनकै रुपमा पालिकास्तरमा, वडा सम्मेलन गरेको हो ।
यसैबीच बागमतीका १३ जिल्लामा आज वडा सम्मेलन सफल पारेको हो । काभ्रेको मण्डनदेउपुरको वडा नं ४ मा केन्द्रका केन्द्रीय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न गरेको हो ।
सम्मेलनको उद्घाटन गर्दै विभिन्न जवस समिति गठन गरिएको छ । दिउसो १ बजे उद्घाटन गरिएको सम्मेलनमा वडास्तरसम्मै पार्टीको सदस्यता नवीकरण,
वडा सम्मेलन मार्फत सर्वसम्मत नेतृत्व चयन गर्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा बोल्दै देशभरका ६ हजार ७ सय ४३ वडामा सम्मेलन हुन लागेकाे र आज बागमतीका १३ जिल्लामा एकसाथ सम्मेलन सम्पन्न भएको पौडेलले जानकारी दिए ।
विभिन्न कमिटि गठनः
मण्डनदेउपुर वडा नं ४ का वडा अध्यक्ष उत्तममणी सापकोटाको सभापतित्वमा सम्पन्न सम्मेलनबाट भेष बहादुर बिकको अध्यक्षतामा १७ सदस्यीय नगर पार्टी कमिटी सर्वसम्मत चयन गरेकाे छ ।
जानुका घर्तीको अध्यक्षतामा ११ सदस्यीय अनेमसंघ (क्रान्तिकारी), किरण घर्तीको अध्यक्षतामा १५ सदस्यीय वाइसीयल नेपाल, अनिल तामाङको सयोजकत्वमा १० सदस्यीय तामाङ मुक्तिमोर्चा र विष्णु सुनुवारको अध्यक्षतामा ७ सदस्यीय दलित राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको हो ।
सम्मेलनमा गाेपाल घिमिरे, राममाया तामाङ, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका पार्टी प्रतिनिधिहरूले सम्मेलन सफल्ताको शुभकामना व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ। दिउँसो १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास होमस्टे सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका...
काभ्रेपलाञ्चोक । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ...
काठमाडौं । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा हुँदै छ । इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्न दुई वर्षअघि उक्त अभियान घोषणा...