भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादी नेताका छोराछोरी सार्वजनिक विद्यालयमै पढ्नुपर्ने : अध्यक्ष प्रचण्ड

माओवादी नेताका छोराछोरी सार्वजनिक विद्यालयमै पढ्नुपर्ने : अध्यक्ष प्रचण्ड

काठमाडाैं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीका नेताहरूका छोराछोरीले अब सार्वजनिक विद्यालयमै पढ्नुपर्ने र विदेश जान नपाउने नीति लागू गर्न पार्टी तयारी अवस्थामा रहेको बताएका छन् ।

अखिल (क्रान्तिकारी) द्वारा बिहीबार काठमाडौँमा आयोजित शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टी नेताहरूका छोराछोरीलाई निजी विद्यालय वा विदेश पठाउने परिपाटी अन्त्य गर्दै सार्वजनिक शिक्षालाई नै बलियो बनाउने दिशामा पार्टी अघि बढिरहेको बताए । उनका अनुसार, पार्टीले स्थानीय तहका नेताहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउने निर्णय लागू गरिसकेको छ । अब चाँडै सोही निर्णय केन्द्रीय नेताहरूका लागि पनि ल्याउन लागिएको हो ।

प्रचण्डले यो कदम सार्वजनिक शिक्षामा जनविश्वास बढाउने र शिक्षा प्रणालीलाई समान बनाउने दिशामा महत्वपूर्ण हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.