भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

माओवादी नेताका छोराछोरी सार्वजनिक विद्यालयमै पढ्नुपर्ने : अध्यक्ष प्रचण्ड

माओवादी नेताका छोराछोरी सार्वजनिक विद्यालयमै पढ्नुपर्ने : अध्यक्ष प्रचण्ड

काठमाडाैं, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीका नेताहरूका छोराछोरीले अब सार्वजनिक विद्यालयमै पढ्नुपर्ने र विदेश जान नपाउने नीति लागू गर्न पार्टी तयारी अवस्थामा रहेको बताएका छन् ।

अखिल (क्रान्तिकारी) द्वारा बिहीबार काठमाडौँमा आयोजित शैक्षिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टी नेताहरूका छोराछोरीलाई निजी विद्यालय वा विदेश पठाउने परिपाटी अन्त्य गर्दै सार्वजनिक शिक्षालाई नै बलियो बनाउने दिशामा पार्टी अघि बढिरहेको बताए । उनका अनुसार, पार्टीले स्थानीय तहका नेताहरूका छोराछोरीलाई सार्वजनिक विद्यालयमै पढाउने निर्णय लागू गरिसकेको छ । अब चाँडै सोही निर्णय केन्द्रीय नेताहरूका लागि पनि ल्याउन लागिएको हो ।

प्रचण्डले यो कदम सार्वजनिक शिक्षामा जनविश्वास बढाउने र शिक्षा प्रणालीलाई समान बनाउने दिशामा महत्वपूर्ण हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.