भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली विकास बैंक घोटाला: संस्थापक अध्यक्षसहित तीन जनालाई थुनामा राख्न अदालतको आदेश

कर्णाली विकास बैंक घोटाला: संस्थापक अध्यक्षसहित तीन जनालाई थुनामा राख्न अदालतको आदेश

नेपालगञ्ज, २२ साउन । कर्णाली विकास बैंकको रु. ३ अर्ब २० करोडको घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । थुनामा पठाइएका तीनमध्ये एक जना बैंकका संस्थापक अध्यक्षसमेत हुन् ।

अदालतले संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । त्यस्तै राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । धरौटी नबुझाएसम्म उनलाई पनि थुनामा राखिनेछ ।

फरार १०३ प्रतिवादी, १०९ जनाविरुद्ध मुद्दा
उक्त बैंक घोटाला प्रकरणमा कुल १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ, जसमा १०३ जना अझै फरार छन् । आदेशअनुसार, फरार प्रतिवादीहरूमाथि म्याद तामेली प्रक्रिया अगाडि बढाइनेछ । यस मुद्दाको सुनुवाइ न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको संयुक्त इजलासले गरेको हो ।

सीआईबीको प्रतिवेदन र बिगो माग
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले साउन १४ गते आफ्नो अनुसन्धान प्रतिवेदन पेश गरेको थियो, जसमा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढी हिनामिनाको आरोपमा दोषी ठहर गर्दै मुद्दा दायर गर्न सिफारिस गरिएको थियो । सोही आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

व्यक्तिगत बिगो विवरणः

  • राजेन्द्रवीर राय (संस्थापक अध्यक्ष) – रु. २ अर्ब ६३ करोड ३२ लाख बिगो
  • पशुपति दयाल मिश्र (पूर्व अध्यक्ष, एमाले केन्द्रीय सदस्य) – रु. ८२ करोड ४६ लाख बिगो
  • वेदप्रकाश सिंह ठकुरी (वित्त प्रमुख) – रु. २४ करोड ६३ लाख बिगो
  • भुवन बस्नेत (राष्ट्र बैंक पूर्वकर्मचारी) – रु. १० करोड ८९ लाख बिगो

मुद्दा प्रभावित नहोस् भनेर थुनामा
सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, तीन प्रमुख व्यक्तिहरूलाई मुद्दा प्रभावित पार्ने सम्भावना भएकोले थुनामा पठाइएको हो । अब अदालतको आगामी निर्णय र बाँकी फरार प्रतिवादीहरूको गिरफ्तारीमा ध्यान केन्द्रित हुनेछ । यो प्रकरण नेपालको बैंकिङ क्षेत्रमै ठूलो वित्तीय काण्डका रूपमा हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.