भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाए

माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाए

एजेन्सी । इटालीले डेभिस कपको उपाधि रक्षा गरेको छ। विश्व नम्बर एक यानिक सिनर नेतृत्वको इटालीले फाइनलमा नेदरल्यान्डसलाई दुई–शून्य सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । मालागामा भएको खेलमा उपासध रक्षा गरेको हो ।

माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। उनले नेदरल्यान्डसका बोटिक भान ड सन्ड्सस्लपलाई सोझो सेटमा हराउँदै एक–शून्यको अग्रता दिलाए। बेरेटेनीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेट बेरेटेनीले ६–४ ले जितेपछि नेदरल्यान्डस दबाबमा आएको थियो। त्यसपछि आएका सिनरले ट्यालोन ख्रिस्परलाई हराएपछि इटाली च्याम्पियन बनेको हो। सन् २०२४ मा उच्च प्रदर्शन गरेका सिनरले वर्षको सुखद् अन्त्य गरेका छन्।

इटालीको यो तेस्रो डेभिस कप उपाधि हो । उसले गत संस्करण र १९७६ मा उपाधि जितेको थियो। २०२३ मा चोटका कारण कोर्टबाहिर रहेका बेरेटेनीले पनि उत्कृष्ट पुनरागमन गरेका छन्। एकंलमा लागेको चोटका कारण ६ महिना आराम गरेका बेरेटेनी वरीयताको शीर्ष १ सय ५० भन्दा बाहिर पुगेका थिए। तर, मार्चमा फर्किएका उनले त्यसयता तीन उपाधि जितिसकेका छन्।

हाल वरीयताको ३५औं स्थानमा रहेका बेरेटेनीले इटालीको उपाधि रक्षाको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे। इटालीको महिला टिमले अघिल्लो साता बिली जिन किंग कप उपाधि जितेको थियो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो। तर उच्च फर्ममा रहेका सिनरले ७–६ ले जिते। दोस्रो सेटमा नियन्त्रण जमाएका सिनर सहजै ६–२ ले विजयी भए।

प्रतियोगिताको एक सय चार वर्षको इतिहासमा पहिलो फाइनलमै उपाधि जित्ने लक्ष्यमा रहेको नेदरल्यान्ड इटालीसामु कमजोर बन्यो।

 


Thali Mobile Pvt.Ltd.