भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाए

माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाए

एजेन्सी । इटालीले डेभिस कपको उपाधि रक्षा गरेको छ। विश्व नम्बर एक यानिक सिनर नेतृत्वको इटालीले फाइनलमा नेदरल्यान्डसलाई दुई–शून्य सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । मालागामा भएको खेलमा उपासध रक्षा गरेको हो ।

माटेयो बेरेटेनीले इटालीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। उनले नेदरल्यान्डसका बोटिक भान ड सन्ड्सस्लपलाई सोझो सेटमा हराउँदै एक–शून्यको अग्रता दिलाए। बेरेटेनीले पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेट बेरेटेनीले ६–४ ले जितेपछि नेदरल्यान्डस दबाबमा आएको थियो। त्यसपछि आएका सिनरले ट्यालोन ख्रिस्परलाई हराएपछि इटाली च्याम्पियन बनेको हो। सन् २०२४ मा उच्च प्रदर्शन गरेका सिनरले वर्षको सुखद् अन्त्य गरेका छन्।

इटालीको यो तेस्रो डेभिस कप उपाधि हो । उसले गत संस्करण र १९७६ मा उपाधि जितेको थियो। २०२३ मा चोटका कारण कोर्टबाहिर रहेका बेरेटेनीले पनि उत्कृष्ट पुनरागमन गरेका छन्। एकंलमा लागेको चोटका कारण ६ महिना आराम गरेका बेरेटेनी वरीयताको शीर्ष १ सय ५० भन्दा बाहिर पुगेका थिए। तर, मार्चमा फर्किएका उनले त्यसयता तीन उपाधि जितिसकेका छन्।

हाल वरीयताको ३५औं स्थानमा रहेका बेरेटेनीले इटालीको उपाधि रक्षाको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे। इटालीको महिला टिमले अघिल्लो साता बिली जिन किंग कप उपाधि जितेको थियो। पहिलो सेट प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुग्यो। तर उच्च फर्ममा रहेका सिनरले ७–६ ले जिते। दोस्रो सेटमा नियन्त्रण जमाएका सिनर सहजै ६–२ ले विजयी भए।

प्रतियोगिताको एक सय चार वर्षको इतिहासमा पहिलो फाइनलमै उपाधि जित्ने लक्ष्यमा रहेको नेदरल्यान्ड इटालीसामु कमजोर बन्यो।

 


Thali Mobile Pvt.Ltd.