भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विशेष सावधानी अपनाउन विभागको अनुरोध

विशेष सावधानी अपनाउन विभागको अनुरोध

काठमाण्डौ । वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । काठमाण्डौ उपत्यकालगायतका ठाउँमा वायु प्रदूषण बढेपछि उक्त आग्रह गरेको हो ।

विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेष नजलाउन, गाडीको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरुबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ ।

विभागले सुचना निकालेर हिउँदयाम लागेपछि वायु प्रदूषण बढ्दै जाने भन्दै त्यस्तो प्रदूषण नियन्त्रणका लागि सावधानी अपनाउन आग्रह गरेको हो । केही हप्तादेखि तराई क्षेत्रलगायत काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढेको छ । विभागले देशभरका स्टेशनहरुमार्फत वायु प्रदूषण मापन गर्दै आएको छ । अहिले काठमाण्डौ उपत्यकामा हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय २० आसपासमा रहेको छ ।

एक्यूआई एक सयभन्दा माथि पुगेपछि संवेदनशील समूहका मानिसको स्वास्थ्यमा जोखिम हुन्छ । विभागका अनुसार उद्योग कलकारखाना र गाडीबाट निस्कने धुवाँ, वन डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो लगायतबाट वायु प्रदूषण भएको हो ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.