भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भोलिदेखि मेलम्चीको पानी घर घरमा

भोलिदेखि मेलम्चीको पानी घर घरमा

काठमाडौँ । बन्द भएको मेलम्ची खानेपानी आयोजनाको पानी अब काठमाडौंबासीले उपभोग गर्न पाउने भएका छन् । मेलम्चीको खानेपानी ल्याउने गरी मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी कम्पनी सिनो हाइड्रोबीच सहमति भएको थियो ।

अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको तीन दिन भित्र अर्थात माघ १ गतेबाट काठमाडौँ आउने भएको छ ।

अवरुद्ध भएको अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि नै काठमाडौँका लागि पानी पथान्तरण गरिएको हो ।

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको आयोजनाले जनाएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सोमबारदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने भएपछि काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.